के गर्दैछन् जेलमा बालकृष्ण ढुंगेल ?

काठमाडौं । सदरखोर डिल्लीबजारमा माओवादीका पूर्वसांसद बालकृष्ण ढुंगेल गीत लेखनमा व्यस्त छन्। थोरै बिरामी, धेरै सिर्जनशील बन्न थालेका उनी राजनीतिक मिजासमा कडा छन्।छ महिनाअघि उनी सातदोबाटोबाट पक्राउ परेका थिए ।
युद्धकालमा रामेछापका उज्जनकुमार श्रेष्ठको ओखलढुंगामा भएको हत्याका हत्यारा साबित गर्दै उनलाई आजीवन काराासको सजाय सुनाइको थियो । तर, उनी फरार थिए । राजनीतिक संरक्षणमा खुलेआम हिँडे पनि उनी पक्राउ पर्न सकेका थिएनन्।
सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश र पूर्वप्रधानन्यायाधीको पिडुँलाको मासुसमेत छिल्न सकिने अभिव्यक्ति दिएपछि सर्वोच्च अदालत उनीमाथि आक्रमक भयो र आदेश दियो, ‘सात दिनभित्र बालकृष्ण ढुंगेललाई पक्राउ गर्नू।’
कात्तिक १४ मा प्रहरीले उनलाइ पक्राउ गर्यो । याे खबर अाजकाे राजधानी दैनिकमा छ ।