प्रदेश २ प्रदेश १ प्रदेश ७ प्रदेश ६

राज्यको लगानीअनुसार छैन विद्यार्थीको सिकाइ, यी प्रदेश कमजोर

राज्यको लगानीअनुसार छैन विद्यार्थीको सिकाइ, यी प्रदेश कमजोर

काठमाडौँ । तीनवटा प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि औसतभन्दा कमजोर देखिएको छ । राज्यको लगानीअनुसार उपलब्धि नभएको शिक्षा मन्त्रालयकै ठहर छ । 

 

मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले गरेको अध्ययनअनुसार प्रदेश १, २ र ६ का विद्यार्थीको सिकाइ उपलब्धि औसतभन्दा कमजोर रहेको पाइएको हो ।

 

इआरओले सन् २०१७ मा कक्षा ८ को नेपाली, गणित र विज्ञान विषयमा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (नासा)को प्रतिवेदनले सिकाइको अवस्था कमजोर रहेको प्रस्ट पारेको छ । 

 

सबै विषयको राष्ट्रिय औसत ५०० अंक निर्धारण गरी भएको अध्ययनमा नेपाली विषयमा प्रदेश १, २, ६ र ७ कमजोर पाइएका छन् ।, याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।

विशेष