अपराध सुरक्षा

तत्कालीन दुई डीएसपीमाथि पनि छानविन हाेस् : सुजु मल्ल परिवार

तत्कालीन दुई डीएसपीमाथि पनि छानविन हाेस् : सुजु मल्ल परिवार

प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनको अपराध कर्ममा सघाएको आरोपमा पक्राउ परेका युवा संघका नेता सुजु मल्लको परिवारले बुटवलका तत्कालीन दुई डीएसपीमाथि छानविन गर्न माग गरेकाे छ ।

 

मल्लकी श्रीमती सिर्जना ताम्राकारले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी मनोज पुनले आफ्नो श्रीमानलाई धम्की दिने गरेको दाबी गरिन् ।

 

यसबारे इलाका प्रहरी कार्यालयका तत्कालीन डीएसपी मुकुन्द मरासिनी र पवनकुमार भट्टराईलाई भेटेर जानकारी गराएको दाबी गर्दै उनले छानविन गर्न माग गरिन् ।


मनोजले फोन गरेर कि पैसा दे कि ब्यापारीको नम्बर दे भन्दै धम्की दिएकाले नम्बर दिएको र त्यसबारे पनि डीएसपीलाई जानकारी गराएको सिर्जनाको दाबी छ ।

 

मनोजको इन्काउन्टर हुनु अघिसम्म सुजुको फोन सम्पर्क भएको प्रहरी दाबीमा शंका गर्दै उनले मिति प्रमाणित गर्न माग गरिन् । तिहारपछि नै सम्पर्क टुटेको उनको दाबी छ ।

 

सिर्जनाले प्रहरीको अनुसन्धान र छानविनलाई सघाउन आफ्नो परिवार तयार रहेको समेत बताएकी छन् । पार्टीले समेत सुजुको अभियोग अदालतबाट प्रमाणित नहुँदै निस्कासन गरेर अन्याय गरेको उनको गुनासो छ ।

 

प्रहरीले मनोज पुनका विशेष सहयोगीहरु रहेको अभियोगमा युवा संघका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज सुजु मल्लसहित ६ जनालाई पक्राउ गरेको थियो । मनोज पुन र उनका विशेष सहयोगी सोम आले भने ९ फागुनमा मारिएका थिए ।

मनाेज पुन सिर्जना ताम्राकार

विशेष