अर्थ शेयर

नेप्से २७ अंकले घट्दा डेढ अर्बको कारोबार

नेप्से २७ अंकले घट्दा डेढ अर्बको कारोबार

शेयर बजारको परिसुचक नेप्से २७ अंकले घटेको छ। १७० कम्पनीको १ अर्ब ५१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यस दिन सबै उपसुचकहरु घटेका छन्।

 

बैंकिङ २५, व्यापार ५, होटल ७८, विकास बैंक ३१, जलविद्युत ५४, फाइनान्स ९, बीमा ८८, उत्पादन २९, अन्य १६ र माइक्रोफाइनान्स उपसुचक ३० अंकले घटेका छन्।

 

यस दिन नेपाल बैंकको सबै भन्दा धेरै रकमको कारोबार भयो। यसको ९ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै राष्ट्रिय बीमा कम्पनीको ४ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भयो।

 

यस दिन स्वदेशी लघुवित्तीय संस्था र मिसा विकास बैंकका लगानीकर्ताले सबै भन्दा नाफा कमाए। यी कम्पनीका लगानीकर्ताले ९ प्रतिशत कमाए।

 

त्यस्तै राधि, टारागन रेजेन्सि र सप्तकोशी विकास बैंकका लगानीकर्ताले सबै भन्दा धेरै ६ प्रतिशत गुमाए।

नेप्से शेयर कारोबार

विशेष