अपराध सुरक्षा

दुई अधिकृत घुससहित पक्राउ

दुई अधिकृत घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार दुई अधिकृतलाई घुससहित पक्राउ गरेको छ। कृषि कार्यालय र औषधी व्यवस्था विभागका अधिकृतलाई छुट्टाछुट्टै घटनामा घुससहित पक्राउ गरेको हो। 


  औषधी ब्यवस्था विभाग, शाखा कार्यालय नेपालगञ्ज, बाँकेका फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको आयोगले जनाएको छ। मेडिकल स्टोर दर्ता प्रक्रियामा लागि भनेर उनले पैसा लिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुरस्थित कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई कार्यकक्षबाटै घुससहित पक्राउ गरेको हो। 


मेडिकल स्टोर दर्ता गर्न खोज्ने व्यक्तिले अख्तियारलाई सूचना दिएर घुस दिएका थिए। घुस लिएलगत्तै उनी पक्राउ परेका हुन्। 


त्यस्तै मेचीनगर नगरपालिका कृषि बिकास शाखा चारआली झापाका कृषि प्रसार अधिकृत शिवशंकर कुशियैतलाई आयोगले ६ हजार घुससहित पक्राउ गरेको छ। 


 साना सिचाँई निर्माण तथा मर्मत आयोजना सम्पन्न भएपश्चात भुक्तानि दिनुपर्ने रकमको चेक निकासा गर्ने प्रयोजनका लागि उनले ६ हजार लिएका थिए। आयोगको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पक्राउ घुस

विशेष