अपराध सुरक्षा समाज

३३ किलो सुन काण्डः गृह–मन्त्रालयबाटै ‘फरार’ डीएसपी सम्पर्कमा

३३ किलो सुन काण्डः गृह–मन्त्रालयबाटै ‘फरार’ डीएसपी  सम्पर्कमा

काठमाडौं । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समिति समक्ष बयान दिने क्रममा एकाएक गृह मन्त्रालयबाटै गायव भएका प्रहरी नायव उपरिक्षक (डीएसपी) सञ्जय राउत समितिको सम्पर्कमा आएका छन् ।


गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेल नेतृत्वमा गठित समितिका एक सदस्यले दिएको जानकारी अनुसार बिहीबार बिहान संयोजक पौडेललाई टेलिफोन गरेर डिएसपी राउत सम्पर्कमा आएका हुन् । वैशाख ११ गते साँझ मन्त्रालयमा बयान दिने क्रममा बहाना बनाएर बाहिर निस्केका राउत एकाएक फरार भएका थिए ।


२०७४ माघ ९ गते काठमाडौंको रत्नराज्य स्कूल अगाडी लुटिएको भनिएको ३३ किलो सुन र सोही सुनको गवाही लिने क्रममासनम शाक्य हत्या प्रकरणमा राउतको पनि संलग्नता देखिएको भन्दै समितिले अहिले उनीमाथि बयान लिइरहेको छ ।


मंगलबार बयान लिइएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विकासराज खनाल र महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलाई समितिले जिल्ला प्रहरी कार्यालय बिराटनगर पठाएर संगठीत अपराध मुद्धामा अनुसन्धान शुरु गरेको छ ।


एसपी खनाल र सई सञ्जेलमाथि जिल्ला अदालत मोरङबाट संगठित अपराधमा म्याद लिएर अनुसन्धान शुरु गरिएको मोरङ प्रहरी स्रोतले जनाएको छ । 


 

विशेष