सेयर बजारमा केही दिनदेखि गिरावट, अाज पनि २९.२५ अंकले घट्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिनमा (बिहिबार) नेप्से परिसुचक २९.२५ अंकले ओरालो लागेको छ । शुरुमा बढेको बजार केही समय बढेर लगातार ओरालो लाग्दै कारोबार बन्द हुने बेलासम्म २९.२५ अंकले बजार घटेको हो ।
कारोबार रकममा पनि गिरावट आएको छ । यस दिन ६४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भएको छ । बिहिबार १५९ कम्पनी कारोबारमा आएका थिए । सबै समुहमा ओरालो लाग्दा सबैभन्दा बढी बिमा समुह २३१.१२ अंकले घटेको छ । होटल समुह ४७.०९ अंकले घटेको छ भने जलविद्युत समुहतर्फ ४६.६८ अंकले घटेको छ ।
बजार घट्दा पनि राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । यस कम्पनीको २ करोड ८५ लाख रुपैयाँ भन्दा बढीको संस्थापक सेयरको कारोबार भएको छ ।
नेपाल बैकको २ करोड १६ लाख बढीको कारोबार भएको छ भने तेस्रोमा सिद्धार्थ बैंकको १ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको सँस्थापक सेयरको कारोबार भएको छ । गत साता राम्रैसँग बढेको सेयर बजार फेरि निरन्तर ओरालो लाग्न थालेको छ ।