पेटीभित्र सुन लुकाएर तस्करी गरेको आशंकामा एक भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
कम्मरमा बाध्ने पेटीभित्र सुन लुकाएर तस्करी गरेको आशंकामा प्रहरी र भन्सार कार्यालयले दुबईबाट आएका भारतीय नागरिक मोहम्मद हरिफलाई सोमबार बिहान पक्राउ गरेको हो।
हरिफले अन्य पदार्थमा धुलो सुन मिसाएर बेल्टपेटीभित्र सुन लुकाएका थिए । विमानस्थल भन्सार प्रमुख नरायण सापकोटाका अनुसार बेल्टमा कस्तो र कति सुन छ भन्ने पत्ता लगाउन सकेन , त्यसका लागि गुणस्तर तथा नापतौल विभागबाट प्राविधिक पठाइएकाे छ ।
त्यसमा कति सुन मिसाइएको छ भन्ने एकिन हुन सकेकाे छैन् । उनीमाथि अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख सापकोटाले बताए।
त्यसैअनुसार अन्य पदार्थमा धुलो सुन मिसाएर बेल्ट बनाइएको आशंका छ । पासपोर्ट नम्बर पी १२७९९३५ नम्बर भएका हरिफ भारतको केरलाका स्थायी नागरिक हुन्।