अपराध सुरक्षा प्रदेश २

प्रतिबन्धित कुखुरासहित गाडी नियन्त्रणमा

प्रतिबन्धित कुखुरासहित गाडी नियन्त्रणमा

लहान । अवैधरुपमा भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित कुखुरासहित प्रहरीले गएराति सिरहाको बरियारपट्टिमा एउटा सवारीसाधन नियन्त्रणमा लिएको छ।  

 

स१च १३५७ नम्बरको पिकअप भ्यानमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाडी र कुखुरा नियन्त्रणमा लिएको हो।  

 

बरियारपट्टि गाउँपालिका–३ दरहियामा चेकजाँच गर्दा उक्त गाडीमा रहेको ४१० थान प्रतिबन्धित कुखुरा फेला परेको इलाका प्रहरी कार्यालय बरयारपट्टिका प्रहरी नायब निरीक्षक शिवनारायण यादवले जानकारी दिए।

 

पिकअप भ्यानसहित गाडी चालक सिरहाको गोलबजार नगरपालिका–६ निवासी राजेशकुमार लामालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडरमा पठाइने यादवले बताए।  रासस
 

प्रतिबन्धित कुखुरा

विशेष