अपराध सुरक्षा

प्रचण्डलाई ‘अंकल’, बादललाई ‘दाई’ भन्ने यि नक्कली नेपालीको औकात के ? 

प्रचण्डलाई ‘अंकल’, बादललाई ‘दाई’ भन्ने यि नक्कली नेपालीको औकात के ? 

काठमाडौं । भारतका कुख्यात ठग नटरवरलालले पाँच पटक त ताजमहल नै बेचिदिएका थिए भन्ने गरिन्छ । कहिलेकाही नटरवरलाल कै छनक दिने मानिसह भने हाम्रो समाज पनि पाइँदा रहेछन् । तस्बीरमा देखिने शिख युवकलाई नटवरलालसँग तुलना गर्दा उनीमाथि अलिबढी नै अन्याय हुन सक्छ । तर यिनको शैली भने ‘छोटे नटवरलाल’को जस्तै छ भन्ने गरिन्छ । 

 

त्यसो त सात वर्ष अगाडि भारतको नागरिकता लिएका अंगद सिंह नामक यिनीसँग अहिले नेपाली प्रशासनलाई झुक्याएर नेपालमै वंशजको नागरिकता लिएका छन् । प्रचण्डपुत्र प्रकाश जीवीत हुँदा उनीसँगको दोस्तीलाई चाहिने भन्दा बढी प्रचार प्रसार गरेर अन्य मानिसहरुलाई तर्साउने र त्यही दोस्तीलाई दलालीको औजारको रुपमा प्रयोग गर्थे । 

 

अब अहिले प्रकाशको भौतिक अस्तित्व रहेन । तर पुरानो सम्बन्ध जोड्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग तस्बीर खिचाउने र सामाजिक संञ्जालमा ‘विद प्रचण्ड अंकल’ भन्दै टाँस्ने गरेका छन् । दुई पटक प्रधानमन्त्री भइसकेका, विगत २० वर्षदेखि नेपाली राजनीतिको हल्लाइरहेका प्रचण्डलाई अंकल भन्नेको शक्ति पनि बलियो नै होला भन्ने आम मानिसले सोच्छन् । आम मानिसको मनोविज्ञानमा प्रभाव पार्न उनले प्रचण्ड अंकल भनेका हुन् भन्नेमा शंका छैन । 

प्रचण्डलाई अंकल भन्न कि उनी प्रचण्डका भतिजा हुनु पर्यो कि भान्जा ।  तर यी कोही पनि होइनन् प्रचण्डका ।

 

नेताहरुसँग फोटो खिचाउने, सामाजिक सञ्जालमा पोस्ट गर्ने र समाजमा रवाफ देखाउने यिनको बानी नै हो । ठूलाठालुसँग हिमचिम बढाउने, प्रचण्डकै नाम भजाएर सोझासीधालाई दुःख दिनेसमेत यिनले गर्दैै आएका छन् । केही समय अगाडि प्रचण्डको नामको दूरुपयोग गरेर हर्सिम्रन जित सिंह नामक निर्दोश युवकलाई प्रहरी हिरासतमा पुर्याएका थिए । 

 

त्यति मात्रै होइन, प्रचण्डका नाति प्रकाशका छोरा आफ्नो विद्यालयमा पढ्छन भनेर फोटो सार्वजनिक गर्दै प्रचण्ड परिवारमा सुरक्षा थ्रेट पनि यिनले बढाइदिएका थिए । जसका कारण पछि प्रचण्डले नातिलाई यिनको स्कुलबाट झिकेर अन्यत्र पढाउन थाले । 

 

झुठो बोल्ने, ठूलाबडाको रवाफ दिने, फेसबुकमा राख्ने मात्रै उद्देश्यले तालतालका कपडा लगाएर फोटो सेसन गराउने यिनी मूलतः भारतीय नै हुन् । यिनी भारतीय रहेको प्रमाणसहित जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी पनि परेको छ । तर त्यो उजुरीलाई निस्तेज पार्न अंगद शक्तिशालीको पाउमा तेल लगाउन पुगिरहन्छन् भन्ने चर्चा छ । 

र यो पनि

 

►प्रचण्डको परिवारमा ‘सुरक्षा थ्रेट’ सिर्जना गर्ने संदीग्ध अंगद सिंहको दोहोरो नागरिकता

► ‘विवाह गरेको छ महिनामा सन्तान जन्माएका थिए अंगदले’ भन्नेलाई जेल

► संदिग्ध भारतीय नागरिक अंगद सिंहसँग सिडिओकै साँठगाँठ

► रिस फेर्न नेताको पावर र प्रहरी संगठनको दुरुपयोग गरेर कोचियो जेल

► प्रकाश दाहाल भन्छन्, 'मलार्इ बाेर्डिङ सञ्चालकले झुक्यायाे'

► कीर्ते नागरिकताधारी अंगद सिंहविरुद्ध उजुरी, उजुरी दर्ता गर्न सिडिओ अफिसमा आनाकानी

► प्रचण्ड र गगन थापाको आडमा कसरी एक निर्दोषलाई दुःख दिइयो नेपालमा ? यो पढौं (भिडियोसहित) 

►  यस्ता छन् प्रधानमन्त्री प्रचण्डका नयाँ नाति प्रणव दाहाल (फोटो फिचर)

 

विशेष