अर्थ

सांसद रिजालले संसदमा साेधेः दोष जति अरूकाे टाउकोमा थुपार्न किन केन्द्रित भए अर्थमन्त्री ?

सांसद रिजालले संसदमा साेधेः दोष जति अरूकाे टाउकोमा थुपार्न किन केन्द्रित भए अर्थमन्त्री ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले देशको अर्थतन्त्र समेटेर ल्याएको श्वेतपत्रप्रति आपत्ति जनाएको छ । सरकारले श्वेतपत्रमा प्रस्तुत गरेको आंकडाले त्रासदीपूर्ण देखाए पनि देशको अवस्था त्यस्तो भयाभह नभएको कांग्रेसको दाबी छ ।


 
प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको विषेश समयमा नेपाली कांग्रेसका डा‍. मीनेन्द्र रिजालले श्वेतपत्र ल्याउनु स्वभाविक भए पनि त्रासदीपूर्ण नभएको दाबी गरेका हुन् । श्वेतपत्रका नाममा सरकार अरुको टाउकोमा दोष थोपर्न उद्दत भएको उनकाे आरोप छ । 

 

अर्थमन्त्रीले आफ्नो अनुकुल हुने गरि कहिले एक, कहिले ५ त कहिले २५ वर्षको तथ्यांक राखेर दोष जतिहरूकाे टाउकोमा थुपार्न केन्द्रीत भएको उनले बताए । ‘जुन त्रासदीपूर्ण चित्रण गर्न खोजिएको छ, त्यो उचित होइन’ रिजालले भने, ‘अबसर पनि छ । यसलाई सदुपयोग गर्नुपर्छ ।’

 


‘मुलुकको स्थिति अप्ठ्यारो छ, तर मुलुकको स्थिति त्रासदीपूर्ण छ भनेर चित्रण गर्न हुन्न,’ रिजालले भने, ‘जहाँ छौं, त्यसको निष्पक्ष समीक्षा गर्नुपर्छ ।’ ढुकुटी रित्तो छ भनेर अतिरञ्जनापूर्ण देखाउन खोजिनु गलत रहेकाे उनले बताए । 

Nepali Congress Dr. Milendra Rijal Nepali Economy

विशेष