साहित्य आज

खनाललाई नेपाली वाङ्मय साधना सम्मान 

खनाललाई नेपाली वाङ्मय साधना सम्मान 

काठमाडौं । नेपाली वाङ्मय साधना सम्मान २०७४ बाट वरिष्ठ साहित्यकार हरिहर खनाललाई सम्मानित गरेको छ । नेपाल वाङ्मय परिषद् धनगढी, कैलालीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी खनाललाई सम्मान गरेको हो ।


समारोहमा सम्मानित व्यक्तित्वको जीवनी र कृतित्वमाथि समालोचक तेजविलास अधिकारीले प्रकाश पारेका थिए । यस सम्मान कार्यक्रमका प्रमुख वक्तामा प्रगतिशिल लेखक संघका अध्यक्ष मातृका पोखरेल, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन एवम् त्रिपुर साहित्य समाजका अध्यक्ष महेश प्रसाई थिए । 


उक्त समारोहमा प्राडा कर्णबहादुर बानिँया, किशोर पहाडी, इन्द्रकुमार श्रेष्ठ सरित, गोपाल अश्क, तुलसीहरि कोइराला, विमल भौकाजी, सुमन सौरभ, केके कर्माचार्य, आरसी न्यौपाने, दिपसागर पन्त लगायतका तीन दर्जन जति विशिष्ट साहित्यकार एवम् कलाकर्मीको उपस्थिति रहेको थियो ।

 
संस्थाका अध्यक्ष डा पुुष्करराज भट्टको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् जनमत मासिकका सम्पादक मोहन दुवाल थिए । भुवन बोहरा निस्तेजले सञ्चालन गरेको सो समारोहमा तिलकबहादुर सिंहले स्वागत भाषण गरेका थिए । नेपाल वाङ्मय परिषदले यसरी राजधानीमा कार्यक्रम गरेको पहिलो पटक हो ।

साहित्य नेपाल वाङ्मय परिषद् हरिहर खनाल

विशेष