दर्ता नगरी ग्रामीण भेगका बिरामीसँग चर्को भाडा असुल्ने १५ एम्बुलेन्स कारबाहीमा

धादिङ । एम्बुलेन्स सञ्चालन मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याएका १५ एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाइएको छ ।
एम्बुलेन्स दर्ता नगरी ग्रामीण भेगका बिरामीसँग चर्को भाडा असुल्ने तथा आफूखुसी बिरामीलाई राजधानीका अस्पतालमा लैजाने गरेको उजुरीको आधारमा सञ्चालनमा रोक लगाइएको हो ।
‘१५ वटाले कुनै पनि कागजपत्र पेस नगरी जानकारीबेगर सञ्चालन गरेको पाइएकाले रोक लगाउन प्रहरीलाई पत्राचार गरेका हौं,’ सहायक प्रमुख जिल्ला अधिकारी ढोलकराज ढकालले भने ।
राजमार्गमा हुने दुर्घटनालाई लक्षित गरी सञ्चालित एम्बुलेन्सहरूले मनोमानी भाडा असुल्ने गरेका छन् ।
कारबाही एम्बुलेन्स चर्को भाडा असुल्ने