बैंकिङ

भारतबाट सजिलै नेपाल पैसा पठाउन सकिने, एनआईसी एशियाले सुरु गर्यो इनवार्ड रेमिटेन्स

नेपाल राष्ट्र बैंकबाट स्वीकृती

भारतबाट सजिलै नेपाल पैसा पठाउन सकिने, एनआईसी एशियाले सुरु गर्यो इनवार्ड रेमिटेन्स

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले भारतबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्ने भएको छ । बैंकले भारतको एक्सिस बैंक लिमिटेडसँग सहकार्य गरेर इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।

 

बैंकले यस सम्बन्धमा एक्सिस बैंक लिमिटेड भारतसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेको बैंकले जानकारी दिएको छ ।

 

उक्त सम्झौतापछि एक्सिस बैंक लिमिटेडका तीन हजार पाँच सयभन्दा बढि शाखाहरुबाट नेपालमा पैसा पठाउन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

भारतबाट पठाएको पैसा एनआईसी एशिया बैंकका एक सय ९२ शाखा तथा पाँच हजारभन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ ।

राष्ट्र बैंक एनआईसी एशिया रेमिटेन्स

विशेष