अपराध सुरक्षा प्रदेश ३

चरेशसहित भारतीय नागरिक पक्राउ

चरेशसहित भारतीय नागरिक पक्राउ

धादिङ  । प्रतिबन्धित लागूऔषध चरेश लुकाइछिपाइ काठमाडौंबाट वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा आज बिहान प्रहरीले बरामद गरी एकजनालाई पक्राउ गरेको छ । 

 

प्रहरीले एच आर ५५ एक्स २५४९ नं को भारतीय कण्टेनर गाडीमा १६० किलोग्राम ५०० ग्राम लागूऔषध चरेशसहित बरामद गरेको छ ।

 

चरेशसँगै गाडी चालक भारत मणिपुर निवासी २४ वर्षीय शचिकान्त कुशवाहलाई पक्राउ गरी हिरासतमा लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । 

 

लुकाइछिपाइ भारत निकासी गर्न लागिएको सो लागूऔषध जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, गजुरीको संयुक्त प्रहरी टोलीले बरामद गरेको हो । 

पक्राउ भारतीय नागरिक

विशेष