अपराध सुरक्षा प्रदेश १

शिव सेनानिकट धर्मगुरुमाथि विराटनगरमा गोली प्रहार 

शिव सेनानिकट धर्मगुरुमाथि विराटनगरमा गोली प्रहार 

काठमाडौं । धर्मगुरु पण्डित श्रीनिवास आचार्यमाथि विराटनगरमा अज्ञात समूहले गोली प्रहार गरेको छ । नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने अभियानमा समेत क्रियाशील श्रीनिवासमाथि विराटनगर—१४ जतुवामा राति १ बजे गोली प्रहार भएका थियो । 

 

घाइते आचार्यको न्युरो अस्पतालन विराटनगरमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले विस्तृत विवरण दिइसकेको छैन । घटनास्थलमा धार्मिक सद्भाव भड्काउने किसिमको पर्चा पनि भेटिएको छ ।

 

धार्मिक गतिविधिमा  शिव सेना नेपालसँगै पनि निकट रहेका आचार्यमाथि बिधर्मी, तथा सद्भाव विरोधी तत्वले आक्रमण गरेको हुन सक्ने शिव सेनाका अध्यक्ष अनिल बस्नेतले बताए । 

 

अध्यक्ष बस्नेतले धर्मका माध्यमबाट समाजलाई सत्मार्गमा लाग्ने प्रेरित गर्नेहरुमाथि भएको यो आक्रमण सामान्य होइन भनेका छन् । उनले आफ्ना सबै जिल्ला कमिटीहरुलाई आक्रमणकारीको खोजी गर्न निर्देशन दिएका छन् ।

 
श्रीनिवासको अवस्था बुझ्न अध्यक्ष बस्नेत राति नै विराटनगर पुगेका थिए । उनले हमलाकारी जो कोही भए पनि शिव सेना नेपालले नछाड्ने चेतावनी दिए । उनले हिम्मत भए खुलेर धर्मयुद्ध गर्न चुनौति दिएका छन् । 

गोली प्रहार विराटनगर पण्डित श्रीनिवास आचार्य

विशेष