अपराध सुरक्षा

घुसकाण्डमा तानिए सशस्त्रका इन्स्पेक्टर

घुसकाण्डमा तानिए सशस्त्रका इन्स्पेक्टर

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीस्थित नेपाल–भारत सीमा खटिएका सशस्त्र प्रहरी बलका निरीक्षकलाई पक्राउ गरेको छ।

 

आयोगले बोर्डर आउट पोष्ट कप्तानगञ्जका प्रमुख सशस्त्र निरीक्षक काले बम्जन लामालाई नियन्त्रणमा लिएर कारवाही थालेको हो।


आयोगले यसअघि यसै घटनामा संलग्न सशस्त्र प्रहरीका दुईजनालाई सुनसरीबाट मंगलबार नियन्त्रणमा लिएको थिायो। दुवैलाई सुनसरीको साहेबगञ्जबाट आयोगले नियन्त्रणमा लिएको हो।


आयोगको प्रारम्भीक अनुसन्धानमा निरीक्षक लामाको समेत संलग्नता खुलेपछि उनलाई समेत पक्राउ गरिएको आयोगका प्रवक्ता दिर्घराज मैनालीले बताए। आयोगको टोलीले सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीमा कार्यरत सशस्त्र प्रहरी जवान ठाकुर खत्री र नवीन खड्कालाई नियन्त्रणमा लिएर कारवाही थालेको हो।


आयोगले दुवैले नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको गाडी छुटाउन २५ हजार घुस लिएका थिए। आयोगको इटहरीस्थित कार्यालयले दुवैलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

सुनसरी घुसकाण्ड सशस्त्र प्रहरी बल निरीक्षक

विशेष