अपराध सुरक्षा

हतियारसहित पक्राउ परेका गणेश लामा पूर्पक्षको लागि जेल चलान

हतियारसहित पक्राउ परेका गणेश लामा पूर्पक्षको लागि जेल चलान

काठमाडौं ः गौशालाको पशुपति भिजन होटलबाट हतियारसहित पक्राउ परेका गणेश लामालाई पूर्पक्षको लागि जेल चलान गरिएको छ। उनलाई डिल्लीबजार कारागारमा लगिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले बताए। 
 

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको इजलासले गुन्डा नाइके लामालाई पूर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको हाे ।

 

सरकारी वकिलको कार्यालयले लामाविरुद्ध हातहतियार तथा खरखजाना ऐन अन्तर्गतको मुद्दामा एक वर्ष जेल सजायँ र पाँच लाख रुपैयाँ जरिवानासहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा मुद्दा बुझाएको थियो।

 

गत फागुन ३० गते लामालाई एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको थियो। लामाले भने आफ्नो पेस्तोल नभएको दाबी गर्दै आएका छन्। लामाले आफूलाई गोली हान्न आएका युवाबाट पेस्तोल खोसेको बयान प्रहरीलाई दिएका छन्।
 

गणेश लामा विश्वराज पाेखरेल

विशेष