अपराध सुरक्षा

आईजिपी बढुवाबारे मंगलबार बिहान बढुवा सिफारीस समितिको बैठक

आईजिपी बढुवाबारे मंगलबार बिहान बढुवा सिफारीस समितिको बैठक

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा महानिरीक्षक नियुक्तिका लागि गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ। मंगलबार बिहान आईजिपी बढुवाका लागि बढुवा सिफारीस समितिको बैठक बस्दै छ। 

 

मंगलबार नै बिहान साढे नौ बजे मन्त्रीपरिषद्को बैठका बोलाइएको छ। त्यसअघि बढुवा सिफारीस समितिको बैठक बस्न लागेको हो। स्रोतका अनुसार बढुवाका आकांक्षीहरुको कार्यसम्पादन मूल्याङकन लगायतका व्यक्तिगत विवरण सोमबार नै मन्त्रालयले झिकाएको छ। 

 

मंगलबार बिहान आईजिपी बढुवाका लागि गृहमा बैठक बस्न लागेको गृहसचिव प्रेम कुमार राईले बताए। 

 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको ऐन तथा नियमावलीमा आईजिपी बढुवाका लागि कुनै पनि प्रकारको समिति रहने प्रावधान छैन। सरकारले सक्षम देखेको व्यक्तिलाई बढुवा गर्न सक्ने प्रावधान छ। तर, पनि गत वर्ष जस्तो आईजिपी बढुवामा विवाद नहोस् भनेर सरकारले सिफारीस समितिका आधारमा आईजिपी बढुवा गर्न लागेको हो। 

 

नेपाल प्रहरीका आईजिपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आईजिपी सिंहबहादुर श्रेष्ठले बुधबारदेखि ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदैछन्। 

 

नेपाल प्रहरीमा आईजिपीसँगै प्रशासतर्फका सबै एआईजीले पनि अवकाश पाउँदैछन्। त्यसकारण डिआईजीबाट सिधैं आईजिपीमा बढुवा गर्नुपर्ने प्रावधान छ। जसमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की ‘फ्रन्टलाइन’ मा छन्। सशस्त्र प्रहरीमा एआईजी शैलेन्द्र खनाल अरुभन्दा ९ महिना सिनियर छन्। 

 

नेपाल प्रहरी सशस्त्र प्रहरी आईजिपी बढुवा

विशेष