अपराध सुरक्षा

छाेरा नजन्माएकाे भनेर कुटपिट

छाेरा नजन्माएकाे भनेर कुटपिट

हेटौंडा - पदमपोखरीका सानाकान्छा लामाले छोरो नपाएको भन्दै पत्नी पम्फा थिङलाई कुटपिट गरे । 

 

५ छोरीपछि छैटौं बच्चा जन्माउने तरखरमा रहेकी पम्फाले आफू कुटिएपछि पतिविहरुद्ध जिल्ला प्रहरीको महिला सेलमा उजुरी दिइन् । छोरा नपाएको निहुँमा पतिपत्नीबीच घरमा दैनिक झगडा हुने गरेको थियो ।

 

उजुरीपछि प्रहरीको महिला सेलले पतिलाई झिकाउन पत्राचार गरेको छ । तर, पत्नीले उजुरी हालेको थाहा पाउनेबित्तिकै सानाकान्छा घर आएका छैनन् ।  

 

कान्तिपुरबाट 

विशेष