अर्थ अपराध सुरक्षा

मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाउने भीएलएनका सञ्चालक श्रेष्ठ पक्राउ

मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाउने भीएलएनका  सञ्चालक श्रेष्ठ पक्राउ

काठमाडौं, । मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाएको भन्दै वान स्टेप सेन्टर (ओएससी) र भिएलएनका सञ्चालक राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकाे छ । 

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माइग्राम्स, ओएससी, भीएलएन, जीएसजीबाट लिने शुल्क अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेपछि प्रहरीले  ओएससी र भिएलएनका सञ्चालक श्रेष्ठलाई पक्रिएको हो । 

 

श्रेष्ठलाई भोलि म्याद थप गरी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ । ओएससीले मलेसिया जाने कामदारको राहदानी संकलन गर्छ । यो कामका कम्पनीले २ हजार ८ सय रुपैयाँ शुल्क र भ्याट ३ सय ६४ गरी ३ हजार १ सय ६४ रुपैयाँ लिने गरेको छ ।

 

राहदानी दूतावाससम्म पुर्याउने भीएलएनले थप ३ हजार ६ सय १६ लिन्छ । सरकारले मलेसियाले श्रमिकलाई आर्थिक भार पर्ने गरी विभिन्न बहानामा रकम असुल्ने राखेका कम्पनीले लिने शुल्क खारेज गरेको थियो । कामदारले मलेसिया जान झण्डै  १७ हजार रुपैयाँ  विभिन्न अवैध संघसंस्थाहरूलाई बुझाउनु पर्ने अवस्था थियाे।

 

श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले पदबहाली गरेलगत्तै वैदेशिक रोजगारीका नाममा लादिएको सिन्डिकेट तोड्ने घोषणा गरेका थिए । उनले मलेसियामा नयाँ सरकार बनेलगत्तै कुटनीतिक रुपमा यस्ता गैरकानुनी धन्दा बन्द गराउन पहल गरेका थिए ।

 

त्यसको प्रतिक्रया स्वरुप सिन्डिकेटधारी व्यवसायीले  विदेश जाने कामदारको मेडिकल परीक्षण रोकिदिएका छन् । श्रम मन्त्रालयले अवैधानिक धन्दा चलाउने यस्ता व्यवसायीलाई पक्राउ गरेर कारवाही गर्न सिफारिस गर्दै फाइल गृह मन्त्रालयमा पठाएको थियो ।

 

त्यसमा अनुसन्धान गरेर प्रहरीले भिएलएनका राम श्रेष्ठसहित सिएसजीका गोविन्द थपलिया र वायोमेट्रिकका कैलाश खड्कालार्इ पक्राउ गर्न लागेको प्रहरी उच्च स्रोतले बतायो ।

पक्राउ भिएलएन राम श्रेष्ठ अवैध रुपमा रकम असुली

विशेष