अपराध सुरक्षा

सुनकाण्डमा तत्कालिन एसएसपी दिवेश लोहनी पनि पक्राउ परे

अहिलेसम्म २९ प्रहरी अधिकृत समातिए

सुनकाण्डमा तत्कालिन एसएसपी दिवेश लोहनी पनि पक्राउ परे

काठमाडौं । साढे ३३ केजी सुन प्रकरणमा मुछिएका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी पनि पक्राउ परेका छन् । यस प्रकरणमा लोहनीसहित पक्राउ पर्नेको संख्या २९ पुगेको छ ।


अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय, मोरङमा बोलाइएको थियो । बयानपछि उनलाई पक्राउ पूर्जी थमाइएको बताइएकाे छ ।

 

मोरङ प्रहरीले अन्य फरार प्रतिवादीसहित ६२ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराउने तयारी गरेकाे छ । लोहनी प्रमुख रहेका वेला महाशाखाका डिएसपी प्रजित केसीको नेतृत्वमा पूर्व गएको टोलीको अनुसन्धानमाथि नै प्रश्न उठेपछि सुन प्रकरणले उग्र रूप लिएको थियो ।

 

घटनाको छानबिनका लागि सरकारले गृहमन्त्रालयका सह(सचिव र्इश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

 

 

सुन एसएसपी तस्करी

विशेष