अपराध सुरक्षा

३३ किलाे सुन प्रकरणः अर्का प्रहरीविरुद्ध पनि मुद्दा, को को मुछिए ? को को भागे ? (हेर्नुस् ६३ जनाको सूची)

३३ किलाे सुन प्रकरणः अर्का प्रहरीविरुद्ध पनि मुद्दा, को को मुछिए ? को को भागे ? (हेर्नुस् ६३ जनाको सूची)

उर्लाबारीका  सनम शाक्य हत्या प्रकरणमा र ३३ किलो सुन तस्करी अर्का एक प्रहरीविरुद्ध समेत मुद्दा दायर भएको खुलेको छ। हवल्दार अमर बहादुर  थापा मगरविरुद्ध समेत मुद्दा चलेको छ ।


थापालाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको छ। छानबिन सुरु भएलगत्तै उनी फरार भएका थिए।  उनीसहित ८ प्रहरी अधिकारीविरुद्ध बुधबार जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ। 

 

पूर्वडिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीहरु प्रजित केसी, संजय राउत, सइ बालकृष्ण सञ्जेल तथा जवान विष्णु खड्का पक्राउ परिसकेका छन्। 


एसएसपी श्याम खत्री र हवल्दार मगर भने फरार छन्। हवल्दार राना जवान पदमा रहँदा तस्करीमा सघाएको खुलेको छ। मगरले एसएसपी खत्रीको निर्देशनमा सुन तस्करीमा सघाउने गरेका थिए। 

त्यस्तै यसअघि सुन तस्करीका नाइके भनिएका उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई मुख्य अभियुक्त बनाइएको छ, जो फरार छन् ।

गोरेको नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल सुन तस्करी गरेको प्रहरीले निष्कर्ष निकालेको छ । उनीहरुले संगठित रुपमा ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम बराबरको सुन तस्करी गरको भन्दै १७ अर्ब १ करोड बढी रकमको बीगो दाबी गरिएको छ ।

बुधबार जिल्ला अदालत, मोरङमा पेश भएको प्रहरीको अनुसन्धान प्रतिवेदन फेला परेको छ । जहाँ गोरे समूहका ६३ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ ।

प्रकरणमा मुछिएकाहरु निम्न अनुसार छन्ः–

१. मोरङको उर्लाबारी घर भइ काठमाडौं–७, गौरीघाट बस्दै आएका चुडामणि उप्रेती (गोरे) ।

२. काभ्रेको मण्डनदेउपुरी गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरी ।

३. मोरङ उर्लाबारी–४ का मोहन काफ्ले ।

४. मकवानपुर हटिया–४ घर भइ हेटौंडा बस्दै आएका सुरेन्द्र गौतम ।

५. झापा गौरादह–८ का मामा भनिने भोजराज भण्डारी ।

६. झापाको मेचीनगर–१३ का रुस्तम मियाँ भनिने मोहमद उस्तम मियाँ ।

७. सोलुखुम्बुको दूधकुन्ड–८ का टुकबहादुर मगर ।

८. झापाको मेचीनगर–१३ का लाक्पा शेर्पा ।

९. मोरङको उर्लाबारी–२ का माधव भनिने मदनप्रसाद घिमिरे ।

१०. सिराहाको धनगढी माई नगरपालिका–१२ का रोहित आचार्य ।

११. मोरङ उर्लाबारी–७ का कृष्ण भनिने नरेन्द्र कार्की

१२. उर्लाबारी–४ का भविन राई भनिने भविन तामाङ ।

१३. भारतको मोतियारी भेरियारी ग्राम पञ्चायत थाना आधापुर–१४ घर भइ गौरीघाटमा रहेको थ्री बदर्स गाडी ग्यारेजमा काम गर्दै आएका राजनकुमार ।

१४. सुनसरीको धरान–२ का कृष्ण बस्नेत ।

१५. काठमाडौं–१६ का भुजुङ गुरुङ ।

१६. सुनसरीको धरान उपमहानगरपालिका–३ घर भइ काठमाडौं–२९, अनामनगर बस्ने एमके मामा भनिने मोहनकुमार अग्रवाल ।

१७. काठमाडौं– नागर्जुन–४, शरणमपुरका डा. डेबिट भनिने छिरिङ वाङगेल घले ।

१८. सुनसरीको धरान–२ का बहुला भनिने सुनिलकुमार अग्रवाल ।

१९. झापाको शिवगञ्ज–१, हाल शिवसताक्षी घर भइ हाल काठमाडौंको चन्द्रगिरी बस्दै आएका कालु भनिने कृष्ण गोपाल अग्रवाल ।

२०. काठमाडौं–३२ का आरके भनिने राजेन्द्रकुमार शाक्य ।

२१. उर्लाबारी–७ घर भइ काठमाडौं–७, गौरीघाट बस्ने रमेश उप्रेती ।

२२. भारतको पश्चिम बंगाल दार्जिलिङ घर भइ काठमाडौंको धुमबराही चन्डौलस्थित प्रेष्टिज अपार्टमेन्टमा बस्ने चाचौजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाल ।

२३. काठमाडौं–९, एयरपोर्ट अगाडि रहेको बाजेको सेकुवा कर्नरका चेतन भनिने चेतनाथ भणडरी ।

२४. काठमाडौं–३१, बानेश्वरस्थित भैरव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रा.लि, न्यूरोडका सञ्चालक प्रमोदकुमार श्रेष्ठ ।

२५. सुनसरीको इटहरी– का वेनु श्रेष्ठ ।

२६. काभ्रेको चलाल गणेशस्थान–६ घर भइ हाल बेथान चोक–४ बस्दै आएका हरिशरण खड्का ।

२७. झापा घर भइ हाल काठमाडौं–९ बस्ने प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल ।

२८. सिन्धुपाल्चोक लोगर्चे–७ घर भइ काठमाडौं–६, बौद्ध आरुबारी बस्ने एलबी मगर भनिने लालबहादुर मगर ।

२९. काठमाडौं–८ का चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ ।

३०. ललिपुर–१४ का सम्बिरप्रसाद तोलाङ्गे ।

३१. काठमाडौं–९ का ४५ वर्षीय बालकृष्ण श्रेष्ठ ।

३२. भक्तपुरको सूर्यविनायक–९, खत्रीगाउँका दोराम खत्री ।

३३. काठमाडौंको नागार्जुन–६ का कपिलराज पुरी ।

३४. काठमाडौं–८ का गोपालकुमार श्रेष्ठ ।

३५. ललितपुरको कन्ज्योसोम–३ का ३० वाषर््ीय तक्ले भनिने पुन्यप्रसाद लामा तामाङ ।

३६. काठमाडौं चन्द्रागिरी–१३ का हेमन्त गौतम ।

३७. काठमाडौं–१८ का राजु महर्जन ।

३८. बागलुङको साविक रेसा–४, अरिन्पटा हाल काठेखोला–७ का कमल कार्की ।

३९. काठमाडौं–१६, खरिबोटका मणिराज चौलागाईँ ।

४०. सिन्धुपाल्चोको जलजले बस्ने शिवकुमार गुभाजु ।

४१. सुनसरीको धरान–१ का घर भइ हाल काठमाडौं–३१, शान्तिनगरका वैभवन लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेश प्रा.लि., न्यूरोडका सञ्चालक ५० वर्षीय सुनिल श्रेष्ठ ।

४२. भोजपुर, दिङ्ला घर भइ काठमाडौंको कगेश्वरी मनोहरा–३, गगननगरकी आरबी भनिने रक्षा भण्डारी ।

४३. मोरङको साविक गोविन्दपुर–८ घर भइ हाल काठमाडौं बस्दै आएका अर्जुनप्रसाद खरेल ।

४४. पर्वतको साविक झोर्ले गाविस–१ घर भइ हाल पैयूँ–७ बस्दै आएका रोशन भुसाल भनिने गुप्तलाल भुसाल ।

४५. काभ्रेपलान्चोकको साविक चलाल गणेशस्थान–४ का रामहरि कार्की ।

४६. कास्कीको सािवक निर्मल पोखरी–८, हाल पोखराको लेखनाथ–२१ का प्रयास पराजुली

४७. सिन्धुपाल्चोकको बलेफी–५ का सञ्जय अधिकारी ।

४८. सिन्धुपाल्चोकको बलेफी–५ का समिर अधिकारी ।

४९. धनकुटा–४ घर भइ न्यूरोडमा वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेश प्रा.लि. सञ्चालन गर्दै आएकी गिता श्रेष्ठ ।

५०. झापा कमलगाउँपलिका–६ माइती भइ हाल मोरङको उर्लाबारीमा स्थायी घर र काठमाडौंको गौरीघाट बस्दै आएकी नर्वदा खरेल उप्रेती ।

५१. मोरङको कानेपोखरी–४ का माधव आचार्य ।

५२. मोरङको साविक गृगौलिया–२, हाल सुन्दरहरैचा–२ बस्ने ओमप्रकाश नेवार ।

५३. भक्तपुरको सूर्यविनायक–८ बस्ने ५५ वर्षीय राजन थापा ।

५४. काठमाडौं–१३, ताहाचलका अमरमान डंगोल ।

५५. बर्दिया घर भई काठमाडौं–१८ बस्नै आएका तुलाराम थारु ।

५६. मोरङको रतुवामाई–१ घर भइ काठमाडौं–३, बासबारी बस्दै आएका गोविन्दप्रसाद निरौला ।

५७. गोरखा–१४ घर भइ हाल नेपाल प्रहरीको प्रहरी जवान पदमा कार्यरत् ३७ वर्षीय विष्णुबहादुर खड्का ।

५८. चितवनको जगतपुर–७, हाल भरपुर–२४ बस्ने प्रहरी हवल्दार अम्बर बहादुर थापा मगर ।

५९. तनहुँको म्याग्दे–१ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका हाल नेपाल प्रहरीका प्रहरी उपरीक्षक विकासराज खनाल ।

६०. सिराहाको लाहान–६ घर भइ हाल काठमाडौं–३२, कोटेश्वर बस्दै आएका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत ।

६१. गुल्मीको साविक तम्घास–६, स्थायी घर भइ हाल भक्तपुरको मध्यपुर थिमी घर भई हाल लोकन्थली बस्दै आइ हाल नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक पदमा कार्यरत् श्यामबहादुर खत्री ।

६२. काठमाडौं–९, रातो पुल घर भइ हाल नेपाल प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत् दिवेश लोहनी ।

६३. काठमाडौंको बूढानीलकण्ठ–२ घर भई नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक पदमा कार्यरत् प्रजित केसी ।

३३ किलाे सुन प्रकरण मुद्दा दायर

विशेष