अपराध सुरक्षा

सांसदका श्रीमान बुहारीलार्इ जबरजस्ती करणी गरेकाे अाराेपमा पक्राउ परे

सांसदका श्रीमान बुहारीलार्इ जबरजस्ती करणी गरेकाे अाराेपमा पक्राउ परे

वीरगन्ज । पर्साका सांसद चाँद ताराका श्रीमान तथा कानुन व्यावसायी समेत रहेका शेष मन्सुर बाबुलाई प्रहरीले जबरजस्ती करणीकाे अभियाेगमा पक्राउ गरेकाे छ । नातामा बुहारी पर्ने एक महिलामाथि जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीले उनलार्इ पक्राउ गरेकाे हाे ।

 

२०७४ पुस २८ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता भएपछि उनी फरार रहँदैअाएका थिए । पर्सा प्रहरीले जिल्ला प्रहरी कार्यालय, पर्सामा दर्ता भएको जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त मन्सुरबाबुलाई बिहीबार पक्राउ गरेको हाे ।

 

प्रहरीमा उजुरी परेपछि नै उनीमाथि प्रहरीले पक्राउ गर्न खाेजे पनि उनी फरार थिए । अहिले मन्सुरबाबुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमै राखिएकाे छ ।

 

 

पर्सा पक्राउ जबरजस्ती करणी

विशेष