जबरजस्ती करणी गर्ने ६० वर्षीय वृद्ध पक्राउ

पाँचथर । जबरजस्ती करणी गरेका आरोपमा एक वृद्धलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।फाल्गुनन्द गाउँपालिका–१, का रामबहादुर श्रेष्ठलाई प्रहरीले करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
श्रेष्ठले गएको वैशाख २३ गते राति त्यसै ठाँउकी एक महिलालाई जबरजस्ती करणी गरेको पीडित परिवारको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक प्रकाशकुमार गुप्ताले बताउनुभयो ।
पक्राउ परेका वृद्धमाथि जिल्ला अदालत पाँचथरमा म्याद थप गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।
पाँचथर जबरजस्ती करणी वृद्ध पक्राउ