अपराध सुरक्षा

अवैध रूपमा सुन भित्र्याउन खाेज्दा २ नेपाली युवा चीनमा पक्राउ परे

अवैध रूपमा सुन भित्र्याउन खाेज्दा २ नेपाली युवा चीनमा पक्राउ परे

काठमाडाैं । अवैध रूपमा सुन बोकेको अभियोगमा दुई नेपाली युवा छिमेकी मुलुक चीनकाे ल्हासास्थित कारागारमा परेका छन् । 

 

चिनियाँ कारागारमा पर्नेमा रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका विकास वाइवा छन् । 

 

अभियुक्तले करीब एक महीनाअघि नेपाली ट्रकमा नौ टुक्रा सुन राखी नेपालतर्फ ल्याउन लागेका बेलामा तिब्बत सरकार, भन्सार विभागका गुप्तचरले पक्राउ गरी ल्हासामा हिरासतमा राखेका थिए । पक्राउ परेको विवरण जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त भएको र थप विवरण आउन बाँकी रहेको बताइएकाे छ ।

 

 

सुन पक्राउ चीन

विशेष