अपराध सुरक्षा

धनगढी गाेलीकाण्डका घाइते भन्छन्ः गाेली लागेर म ढल्दा प्रहरी समेत रमिते बनेर हेरिरह्याे !

धनगढी गाेलीकाण्डका घाइते भन्छन्ः गाेली लागेर म ढल्दा प्रहरी समेत रमिते बनेर हेरिरह्याे !

काठमाडाैं । धनगढीको बीच बजारमै आइतबार बिहान एक जना व्यक्तिलाई गोली हानेर रकम लुटिएपछि उपचारकाे क्रममा पीडितले अाफूलार्इ गाेली प्रहार भएर पैसा लुटिरहँदा प्रहरीले समेत हेरिरहेकाे प्रतिक्रिया दिएका छन् ।

 

अार्इएमर्इमा कार्यरत निर्मल कुमार कार्कीले आफू गोली लागेर ढल्दा पनि नजिकै रहेका प्रहरी रमिते बनेर हेरिरहेकाे भन्दै गुनासाे गरेका छन् । साथै स्थानीयबासीले समेत केही प्रतिक्रिया नदिएकाे भन्दै गुनासाे गरे ।

 

प्रहरीले घटनापछि त्यहाँबाट पेस्ताेलकाे गाेली बरामद गरेकाे छ । कार्कीकाे पाखुरा र छातिमा गोली लागेपछि उपचार भइरहेकाे छ । घटनाबारे कार्कीले भनेका छन्, 'गोली लागेपछि म ढलें । मोटरसाइकलमा रहेका दुई जना मध्ये एक जनाले मेरो साथमा रहेको झोला खोसेर लग्यो । छेउमै प्रहरीहरु थिए । सडकमा ओहोर दोहोर गर्ने मान्छे पनि थिए । वरिपरि पसलेहरु पनि थिए । तर सबै रमिते भए । कोही पनि मलाई जोगाउन आएनन् । म ढल्दा पनि मलाई उठाउन कोही आएन ।'

 

 

 

 

प्रहरी लुटपाट धनगढीमा गाेली प्रहार

विशेष