अर्थ

बजेट सार्वजिनक, तर अाकार खुलाइएन

प्रधानमन्त्री राेजगार कार्यक्रमका लागि ३ अर्व

बजेट सार्वजिनक, तर अाकार खुलाइएन

काठमाडाैं । सरकारले अाज वार्षिक बजेट सार्वजनिक गरेकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गरिरहेका छन् ।

 

यस क्रममा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

 

साथै कामदारको न्यूनतम ज्याला सुनिश्चित गरी बैदेशिक रोजगारीमा जान रोक्नका लागि यो कार्यक्रम ल्याइएको ल्याइएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

 

यस्तै विश्वविद्यालय अनुदानका लागि १४ अर्व छुट्याइएकाे छ । सरकारले शिक्षाा विज्ञान प्रविधि क्षेत्रमा १ खर्ब ३४ अर्ब बिनियोजन गरेकाे छ । ग्रामीण दूरसुञ्चार कोषको रकम प्रयोग गरेर सबै विद्यालयमा इन्टरनेट उपलब्ध गराउने पनि सरकारले घाेषणा गरेकाे छ ।

 

सरकारले सबै स्थानीय तहमा प्राविधिक विद्यालय पुर्‍याइने, शिक्षक दरबन्दीमा पुर्नसंरचना गरिने पनि घाेषणा गरेकाे छ । स्वास्थ्य क्षेत्रमा भने सरकारले ५६ अर्व रकम विनियाेजन गरेकाे छ । साथै शिक्षामा १ खर्ब ३५ अर्व छुट्याइएकाे छ ।

 

यद्यपि सरकारले बजेटकाे अाकार खुलाएकाे छैन । प्रधानमन्त्री राेजगार कार्यक्रमलार्इ महत्वाकांक्षी याेजनाकाे रूपमा अघि सारिएकाे छ ।

 

बजेट सरकार

विशेष