अर्थ अपराध सुरक्षा प्रदेश ७

धनगढीको एक होटलबाट भारतीय नोटसहित म्यानेजर पक्राउ

धनगढीको एक होटलबाट भारतीय नोटसहित म्यानेजर पक्राउ

धनगढी । कैलालीको धनगढीस्थित साथी होटलको क्यासिनोबाट अवैध भारतीय नोटसहित म्यानेजर पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरको नेतृत्वमा गएको टोलीले आइतबार होटलका म्यानेजर सुजन दाहाललाई पक्राउ गरेको हो।

 

भारतीय नोट पाँच सय र दुई हजारको नोट क्यासिनोमा प्रयोग भएको पाइएपछि म्यानेजरलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक बुढामगरले बताए। नेपालमा भारु एक सयभन्दा ठूला नोटको प्रयोगमा बन्देज लगाइएको छ।

 

क्यासिनोबाट प्रहरीले पाँच सय र दुई हजार दरका १० लाख पाँच हजार भारतीय नोट बरामद गरेको छ। पक्राउ परेका दाहाललाई विदेशी मुद्रा अपचलन ऐन अनुसार कारबाही गरिने बुढामगरले बताए।

धनगढी भारतीय नोट म्यानेजर पक्राउ

विशेष