अर्थ

​राजश्व छल्न पाउनुपर्ने भन्दै व्यवसायी आन्दोलनमा

​राजश्व छल्न पाउनुपर्ने भन्दै व्यवसायी आन्दोलनमा

वीरगंज । राजश्व कार्यालयले पसलमा छापा मारेको भन्दै वीरगंजका ब्यापारीले विरोध जनाएका छन् । आन्तरीक राजश्व कार्यालय वीरगंजको टोलीले वीरगंजका पसल तथा व्यापारिक फर्ममा छापा मार्दै  आवश्यक कागजपत्र माग गरेपछि त्यसको विरोधमा व्यवसायी पसल बन्द गरेर आन्दोलन थालेका हुन् ।

 

वीरगंजको घण्टाघर, माइस्थान, आदर्शनगर लगायतका मोबाईल, इलेक्ट्रोनिक्स तथा खुद्रा पसलमा राजश्व छलेर कारोबार भइरहेको सूचनाका आधारमा व्यवसायीलाई खरिद, विक्रिको मुल्य देखाउन आग्रह गरेको राजश्व कार्यालय वीरगंजका प्रमुख गोपीकृष्ण कोइरालाले बताए ।  

 

सरकारले कर छलिमा संलग्नलाई कारवाही गर्ने नीति कडाईका साथ पालना गराउने अभियान स्वरुप पसल तथा व्यापारीक फर्ममा पुगेर अनुगमन थालिएको पनि उनले बताए । राजश्वको छापाको विरोधमा दिउँसोदेखि व्यवसायीले वीरगंजका सबै पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

 

कर तिरेको प्रमाण तथा व्यवसाय प्रमाणपत्र देखाएर सरकारको अभियानमा सहयोग गर्नुपर्नेमा आन्दोलन थाल्नुले व्यवसायीेल राजश्व छल्न पाउनुपर्छ भन्ने मागलाई उठाउन खोजेको देखिएको पनि प्रमुख कोइरालाले बताए । ब्यावसायीको बन्दका कारण सेवाग्राही मर्कामा परेका छन् । 
 

करछली वीरगंज

विशेष