अपराध सुरक्षा

हुन्डी काराेबारी १० लाख ४० हजार सहित पक्राउ

हुन्डी काराेबारी १० लाख ४० हजार सहित पक्राउ

काठमाडाैं । हुन्डी कारोबारमा संलग्न एक युवा नगद १० लाख ४० हजार रुपैयाँसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको विशेष टोलीले झापा शिवगञ्ज गाउँपालिका–२ का २४ वर्षीय विपीन उप्रेतीलाई पक्राउ गरेको हो ।

 

शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उप्रेतीले हुन्डी कारोबार गरेको खुलेपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर, काठमाडौंले बताएकाे छ ।

 

प्रारम्भिक अनुसन्धानका क्रममा मुख्य कारोबारी रमेश शिवाकाेटी रहेको र ३३ लाख लाख रुपैयाँसम्म कारोबार भएको खुलेको प्रहरीले जनाएको छ । उप्रेतीलाइ प्रहरीले अहिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएकाे छ ।

 

पक्राउ रकम हुन्डी काराेबार

विशेष