यौन-शिक्षा

यौन सम्पर्कपछि महिलाले सोच्ने ११ कुरा

यौन सम्पर्कपछि महिलाले  सोच्ने ११ कुरा

काठमाडाैं । यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो ।  प्रायः महिलाहरू आफ्नो पार्टनरसँग मात्र यौनसम्पर्क राख्न रुचाउँछन् । 

 

यौन सम्बन्धले महिला र पुरुषविचको सम्बन्धलाई पनि मजबुत बनाउँछ भनिन्छ, तर कतिपयको भने यौनसम्पर्क पछिको सम्बन्धमा विचलन भएको पनि पाइन्छ ।  यौनसम्पर्कपछि महिलाहरूले आफ्नो पुरुष साथी र आफूबारे कस्ता कुराहरू सोच्न सक्छन् ? हेर्नुहोस् यौनसम्पर्क पछि महिलाहरूले सोच्ने १२ कुराहरू :

 


आनन्द र सन्तुष्टीबीच फरक
किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताए । यद्यपी कण्डम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो ।

 


विस्तारै गरेको राम्रो

यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ ।

 


रक्सी सेवन गर्ने चाहना

यौन सम्पर्कपछि केही महिलालाई रक्सी सेवन गर्ने मन पनि हुन्छ । त्यो बेला उनलाई रक्सीले आफूलाई फाइदा गर्छ वा गर्दैन भन्ने थाहा हुँदैन ।

 


भोक लाग्नु

यौन सम्पर्कका क्रममा शक्ति खर्च हुन्छ । यसकारण तपाइको जोडीले भोक लागेको महशुस गरेका हुन्छ ।

 


तपाईप्रति सकारात्मक

यदि यौन सम्पर्कका क्रममा तपाइले जोडीलाई सन्तुष्टी दिन सक्नुभयो भने उनले यौन सम्पर्कपछि तपाइप्रति सकारात्मक सोच्न थाल्छिन् । चाहे उनले यसको संकेत दिन पनि सक्छिन्, नदिन पनि सक्छिन् ।

 


यौन सम्पर्क एक काम

कुनै महिला यौन सम्पर्कलाई एक महत्वपूर्णका कार्यका रुपमा लिन्छिन् । जुन पुरा हुने वित्तिकै आफ्नो अर्को काममा लाग्ने गर्छिन् ।

 


यौन सम्पर्क गरेकोमा विश्वास नलाग्नु

कयौं पटक महिलाहरुलाई आफूले कसैसँग यौन सम्पर्क गरेको कुरा पत्याउन गाह्रो पर्न सक्छ । यस्तो दुइवटा परिस्थितीमा हुन सक्छ । पहिलो, जब यौन सम्पर्क गर्ने व्यक्ति पहिलो पटक यौन सम्पर्क गरिरहेका छन् र दोस्रो, जब महिला जोडीलाई आशा गरे विपरित सम्पर्क भएमा ।

 


के म उनको लागि ठीक थिएँ 

यौन सम्पर्कपछि कतिपय महिलाको मनमा आफू आफ्नो जोडीको लागि ठीक थिएँ त भन्ने कुरा पनि मनमा लाग्ने गर्छ । उनी आफूसँगको सम्पर्कबाट आफ्नो जोडी सन्तुष्ट भयो वा भएन भन्ने बारेमा पनि जान्न चाहन्छिन् ।

 


उसले गर्ने मायामा फरक त पर्दैन 

कैयौं पटक महिलाहरुलाई यौन सम्पर्कपछि आफ्नो जोडीले पहिलेको जस्तै माया गर्छ कि गर्दैन भन्ने कुरामा दुविधा हुन्छ । यस्तो विषयले महिलाहरुलाई बढी सोच्न बाध्य बनाउँछ ।

 


कतै मैले यो गलत त गरिन 

यदि कुनै महिला आफ्नो श्रीमान वा ब्वाइफ्रण्डलाई धोका दिएर अन्य कसैसँग यौन सम्बन्ध राख्छिन् भने उनलाई आफूले यो के गरेको भन्ने मनमा खेल्ने गर्छ । उनलाई पछि आफूले यस्तो गर्न नसक्ने सोच्छिन् ।

 

दोस्रो पटक पनि गर्न सक्छौं 


कुनै बेला महिलाहरु यौन सम्पर्कबाट यति धेरै सन्तुष्ट हुन्छिन कि उनी अर्को पटकका लागि पनि तुरुन्तै तयार हुन्छिन् । त्यसका लागि आफ्नो जोडीको मन तान्न थाल्छिन् ।

 


समय अभाव भएको महशुस

महिला जोडीलाई यौन सम्पर्कका क्रममा समयलाई लिएर तपाइप्रति निकै अपेक्षा हुन्छ । उनले तपाइलाई खरो रुपमा उत्रेको देख्न चाहन्छिन् । नभए उनी निराश समेत हुन्छिन् ।
 

महिला यौन सम्पर्क

विशेष