यौन-शिक्षा

विहेको अघिल्लो रात युवतीहरू सोच्छन् यस्ता अनाैठा कुराहरू

विहेको अघिल्लो रात युवतीहरू सोच्छन् यस्ता अनाैठा कुराहरू

विवाहको अघिल्लो रात युवतीहरूको मनमा खेल्ने कुराहरूबारे तपाइले अनुमान गर्नुभएको छ  ? युवतीहरूमा अघिल्लो रात विभिन्न कुराहरू खेल्न सक्छन् । जसकारण उनीहरू यस विषयमा केही चिन्तित पनि हुन्छन् । बन्धनमा बाँधिएपछिको पहिलो रात के होला भन्ने कुराहरूमा युवतीहरू अल्झिन सक्छन् । यसकारण मुटुको धड्कन पनि बढ्न सक्छ । हेर्नुहोस् कस्ता कुराहरू खेल्दा रहेछन् युवतीहरूको मनमा :

 


जिम्मेवारी
विहेलाई लिएर युवतीको मनमा विभिन्न कुराहरु खेल्नु स्वभाविक हो । मानिसलाई लाग्न सक्छ युवती विहेपछि हनिमुनको बारेमा सोच्छन् । तर, यस्तो हुँदैन । उनीहरुको मनमा के आफू विहे गरेर ठूलो जिम्मेवारी लिने भइसकेछु र ? के विहेका लागि आमा बाबुसंग समय माग्नुपर्छ ? लगायतका प्रश्नहरु उब्जिन्छन् ।

 


पोइली घरमा मलाई सहजै अपनाउँछन् ?
युवतीलाई विहे हुनुभन्दा एक रात पहिलेनै के म्रले पोइली घरमा माइती घरको जस्तै व्यवहार पाउँछु ? के मलाई मनैदेखि अपनाउँछन् ? त्यो भन्दा बढी युवती हुनेवाला सासुआमाको बारेमा सोच्न गर्छन् ।

 


जीवन साथी
युवती एकरात पहिले आफ्नो हुनेवाला श्रीमानले जीवनभर आफूलाई साथ दिन्छ कि दिँदैन भनेर पनि सोच्ने गर्छन् ।

 


यौन सम्पर्कलाई कसरी नकार्ने
विहेपछि श्रीमान श्रीमतीबीच यौन सम्बन्ध हुनु स्वभाविक हो । तर, युवती विहेको अघिल्लो दिन नै यसबारेमा चिन्तित हुने गर्छन् । युवती पहिलो रातमा आफ्नो हुनेवाला श्रीमानसंगको यौन सम्पर्क कसरी रोक्न सक्छु र भन्ने बारेमा सोच्ने गर्छन् ।
 

विवाह याैन शिक्षा

विशेष