अपराध सुरक्षा

नक्कली पेस्ताेल देखाएर लुट्ने युवक पक्राउ

नक्कली पेस्ताेल देखाएर लुट्ने युवक पक्राउ

काठमाडाैं । सर्वसाधारणहरूलाई नक्कली पेस्तोल देखाई पैसा असुल्ने एक युवक टाेखाकाे गणेस्थानबाट पक्राउ परेका छन् ।

 

तारकेश्वर बस्ने सुदिप गुरुङ नाम गरेका युवकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले टोखाको गणेशस्थानबाट बुधबार पक्राउ गरेको हो । उनले नयाँ बसर्पाक, सामाखुशी तथा बसुन्धरा क्षेत्रका व्यक्तिहरुलाई धम्काएर पैसा असुल्दै आएका थिए ।

 

पक्राउपछि प्रहरीले ती युवकको समूहबारे पनि थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।

 

प्रहरी पेस्ताेल सहित पक्राउ लुटेरा

विशेष