अर्थ कर्पोरेट नेपाल आज विशेष प्रदेश ३

सुजुकीको तेस्रो संस्करण स्विफ्ट बजारमा

सुजुकीको तेस्रो संस्करण स्विफ्ट बजारमा

काठमाडौ । सुजुकीको चार पाङग्रे सवारी साधनको आधिकारिक बिक्रेता सीजी होल्डिङगको अटोमोटिभ विभाग सीजी मोटोकोर्पले आफनो प्रतिष्ठित ब्राण्ड स्विफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको छ ।  

 

यस ब्राण्डको आइतबार सीजी होल्डिङसका  प्रबन्ध निर्देशक अरुण चौधरी र चर्चित क्रिकेटर शक्ति गौचनले संयुक्त रुपमा अनावरण गरेका छन् । स्विफ्टको उक्त मोडेल अनावरण कार्यक्रममा सीजी मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले नयाँ स्विफ्ट यसको आकषर्ण तथा उत्कृष्ट पर्फोमेन्स्को लागि रुचाइएको बताए । 

 

२००५ मा शुरुवात भएको स्विफ्ट राष्ट्रकै पहिलो रोजाइको सवारी बन्न पुगेको उनले जानकारी दिए । अब सुजुकीको पाँचौं संस्करण हर्टेक्ट उत्कृष्ट पर्फोमेन्स् तथा आधुनिक सुरक्षा प्रविधियुक्त रुपमा प्ल्याटफर्ममा निर्माण भएको छ । 

 

स्विफ्ट सुरक्षामा केन्द्रित 

स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रील, एल इ डि प्रोजेक्टर हेडल्याम्प, कट टु टोन अलोय व्हील तथा अर्बन स्याटिन क्रोमयुक्त हन्टेरियरसहित उत्कृष्ट डिजाइनका साथै १ दशमलव २ पलटर भिभिटि र दुवै पेट्रोल र डिजेलमाअ टो गियर सिफ्टजस्ता प्रविधिले उच्चस्तरीय पर्फोमेन्स्र यात्रु, पैदल यात्री एंव बालबच्चाको सुरक्षामा केन्द्रीत डुवल एयरब्याग इविडिसँगै एबिएस, आइसोफिक्स र टोटल इफेक्टिीभ कन्ट्रोल टेक्नोलोजी प्रविधिसँगै ल्याईएको चौधरीले बताए ।

 

के सुविधा 


यस स्विफ्टको फ्युल इफिसेन्सीका प्रशंसकहरुको संख्या बढी छ । यस मोडेलले पेट्रोलमा २२ दशमलव ० मिलोमिटर लिटर प्रदान गर्छ ।

 

२८ प्रतिशत धेरै लगेज स्पेसको सुविधा प्रदान गर्ने यस सवारीको ४० किलोमिटर चौडा र २० मिलिमिटर लामो व्होल बेस रहेको छ ।  यसको निर्माणमा ७ सय करोडभन्दा बढी लागत रहेको बताइएको छ ।  

मूल्य कति ? 


यसको प्रारम्भिक अफरसहित बजार मूल्य २८ लाख ९९ हजार तोकिएको छ । 

 

सुजुकीको स्विफ्ट बजारमा

विशेष