अपराध सुरक्षा

काठमाडौंका टिपर चालक यमराज जस्ता

काठमाडौंका टिपर चालक यमराज जस्ता

काठमाडौं ।  पछिल्लो एक महिनामा मात्र टिपर चालकको लापरबाहीबाट काठमाडौं उपत्यकामा ६ जनाको ज्यान गएको छ । 

 

महाशाखाका प्रवक्ता सुरेन्द्र प्रसाद मैनाली भन्छन्, घाइते हुनेको संख्या झनै धेरै छ । उनका अनुसार पछिल्लो एक महिनाको अवधिमा टिपरका कारण दुर्घटना भएर गम्भीर घाइते हुनेको संख्या १० जति पुगेको छ । 

 

तथ्यांकअनुसार चालू आवको ११ महिनामा उपत्यकामा एक हजार २६६ वटा टिपर र ट्रक दुर्घटना भएका छन् । 

 

यी समेत अन्य दुर्घटनामा परी उपत्यकामा ११ महिनामा एक सय ८४ जना गम्भीर घाइते र तीन हजार तीन सय ८५ जना सामान्य घाइते भएको प्रवक्ता मैनाली बताउँछन् ।

 

नागरिक दैनिकबाट

विशेष