अर्थ कर्पोरेट

नेपाल आयल निगमले स्थिरीकरण कोष लुकाएर इन्धनमा महँगी खुलासा

नेपाल आयल निगमले स्थिरीकरण कोष लुकाएर इन्धनमा महँगी खुलासा

काठमाडौ । नेपाल आयल निगमले इन्धनको मूल्य उच्च हुँदा उपभोक्तालाई भार नपार्न भन्दै विगतमा जम्मा गरेको रकम लुकाएर लगातार मूल्यवृद्धि गरिरहेको पाइएको छ ।

 

विगतमा निगमको नाफा उच्च हुँदा उपभोक्तालाई राहत दिन जम्मा गरिएको मूल्य स्थिरीकरण कोषको थन्काएर इन्धनमा लगातार मूल्य बढाइएको हो । 

 

केपी ओली नेतृत्वमा सरकार गठन भएयता मुलुकमा पेट्रोलियम पदार्थको मूल्य ५ पटक बढिसकेको छ । तर, इन्धनको मूल्य लगातार वृद्धि हुँदा व्यवस्थापन गरिने रकम प्रयोग नगरि निगमले लगातार इन्धनको मूल्य बढाएको हो । 

 

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दै जाँदा उपभोक्तालाई राहत दिने उदेश्यका साथ २०७१ सालदेखि मूल्य स्थिरीकरण कोष खडा गरी उपभोक्ताबाट रकम संकलन गरिँदै आएको छ । 

 

कोषमा अहिले ४ अर्ब रुपैयाँ संकलन भएको छ । जुन रकम प्रयोग नगरी इन्धनमा मूल्य बढाउदा त्यसको प्रतक्ष्य मार उपभोक्तामा परेको छ । आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

नेपाल आयल निगम इन्धन मूल्यवृद्धि

विशेष