अर्थ बैंकिङ

एनआईसी एशियाद्धारा बिरुवा बृक्षारोपण 

एनआईसी एशियाद्धारा बिरुवा बृक्षारोपण 

काठमाडौ । एनआई सी एशिया बैंक लिमिटेडले विश्ववातावरण दिवसको उपलक्ष्यमा ‘एक कर्मचारी, एक फलफुल विरुवा’भन्ने नाराका साथ कार्यालय परिसरमा बृक्षारोपण गरेको छ । 

 

सामाजिक उत्तरदायित्व अन्तर्गत धापासी स्थित बैंकको प्राङ्गण एवं बैंकको आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयहरु एवं शाखा कार्यालयहरुको प्राङ्गण भित्र वृक्षारोपण गरिएको बैंकले जानकारी दिएको छ । एनआई सी एशिया बैंकले देशभरीमा अहिलेसम्म करिब ११ हजार विरुवाहरुको वृक्षारोपण गरि वातावरणीय सन्तुलन र हरियाली कायम गर्न महत्वपूर्ण योगदान पु¥याएको बैंकले बताएको छ ।

 

बैंकको मुलुकभर २  सय १८ शाखा, २ सय ६ एटिएम, १० वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा रहेका छन् । 
बैंकको वासलातको आकार १ सय ६४ अर्ब भन्दा बढि पुगेको छ । बैंकको कुलकर्जा करिब १ सय १४ अर्ब र कुलनिक्षेप करिब  १ सय ३९ अर्ब पुगिसकेको बैंकले जनाएको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताएका छन् । 
 

एनआईसी एशिया

विशेष