सरकारले किन बाड्यो ३ महिनामा १ करोड बढी रकम ?

काठमाडौं । सरकारले उपचार खर्च र आर्थिक सहायताका नाममा ३ महिनामा १ करोडभन्दा बढी रकम बाँडेको छ ।
प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएयता मन्त्रिपरिषद् बैठकमार्फत् १ करोडभन्दा बढी आर्थिक सहयोग बाँडिएको हो ।
कतिपय सहयोग लैंगिक हिंसा, बलात्कारका घटनामा पीडित बनेका , विभिन्न आन्दोलनका घाइते तथा अंगभंग भएकाको जीविकोपार्जनका लागि उल्लेख गरिए पनि बाँकी सहयोग पहुँच र प्रभावका आधारमा बाँडिएको हो ।
यो अवधिमै सरकारले एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङका लागि सवारी, निजामतीका चालक र इन्धनबापतको मासिक रकम दिने निर्णय मन्त्रिपरिषद्बाट अनुमोदन गराएको छ । आजको कारोबारमा समाचार छ ।
रकम