अर्थ

निगममा अब राजनीतिक नियुक्ति हुँदैन : मन्त्री यादव 

निगममा अब राजनीतिक नियुक्ति हुँदैन : मन्त्री यादव 

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट राजीनामा दिए लगत्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले निगमको कार्यकारी निर्देशक नियुक्रि खुल्लाबाटै गर्नुपर्ने बताएका छन् । 

 

भ्रष्टाचारको अभियोग लागेका निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएलगत्तै उहाँले संचारकर्मीमाझ खुला प्रतिष्पर्धाबाट सो पदमा नियुक्त गर्न आफूले चाहेको बताएका हुन् । बिहीबार खड्काले जिम्मेवारी विहीन अवस्थामा आफूलाई राखेको पीडा सहन नसकेको भन्दै निगमको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए ।

 

मन्त्री यादवले खड्काले पदबाट राजीनामा दिएर नेपाल आयल निगमको कामलाई अघि बढाउन सहज भएको प्रतिक्रिया पनि दिए ।  मन्त्री यादवले निगममा राजनीतिक नियुक्त हुनै नसक्ने दाबी गरेका छन् । 
 

निगममा अब राजनीतिक नियुक्ति हुँदैन : मन्त्री यादव 

विशेष