एनआइसी बैंकको नयाँ शाखाहरू

धादिङ । एनआईसी एशिया बैंकले धादिडं जिल्लामा ३ वटा नयाँ शाखाहरू खोलेको छ । धुनिबेशी न.पा.वडा नं.७ को खानीखोला, वडा नं. ६ को धार्के र थाक्रे गाउँपालिका वडा नं. ६ को महादेवबेशीमा बुधबार भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न गर्यो । धुनिबेशी नगरपालिकाका मेयर श्री बालकृष्ण आचार्य र थाक्रे गाउँपालिकाका अध्यक्ष श्री रामकुमार आचार्यबाट समारोहको उदघाटन भएको थियो ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दामुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।
बैंकको वासलातको आकार १८१ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १५३ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १२४ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १२ लाख १९ हजार रहेको छ ।
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालनगर्ने योजना अगाडि सारेको छ ।
एनआईसी एशिया बैंक धादिडं जिल्ला ३ वटा नयाँ शाखाहरू