अनामनगरमा धोबी खोला पसेर यस्तो हालत बनायो (फोटोफिचर)
काठमाडौं । काठमाडौं उपत्यका र उत्तरी क्षेत्रमा लगातार परेको वर्षाले काठमाडौंका नदी खोलामा पानीको सतह बढेको छ । धोबी खोला त मानववस्तीमा पसेर जनजीवन प्रभावित पारेको छ ।
खोला क्षेत्र मिचिएका कारण वर्सेनि जस्तो काठमाडौंका केही वडा, अनामनगर क्षेत्रमा धोबी खोलो पसेर समस्या पार्दै आएको छ । बुधबार रातिको धोबीखोलाको बाढी पसेर केही विद्यालयको पठन पाठन समेत प्रभावित भएकोछ ।
तस्बीरहरु अनामनगरस्थित ब्लुमिङ फ्लावर प्राइमरी इङ्लिस स्कुलको हो ।