अर्थ बैंकिङ

नविल बन्यो सर्वाधिक नाफा कमाउने बैंक

नविल बन्यो सर्वाधिक नाफा कमाउने बैंक

काठमाडौं । नविल बैंक सर्वाधिक नाफा कमाउने बैंक बनेको छ । हालसम्म वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकहरुमध्ये नबिल बैक सर्वाधिक नाफा कमाउने बैंकको एक नम्बरमा परेको हो । 



 अघिल्लो बर्ष ३ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार चार अर्ब ५ करोड खुद नाफा गरेको छ । 



यस्तै बैंकले यसवअधिमा ६ अर्ब २६ करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ५४ करोड थियो । ११ अर्ब ३४ करोड ब्याज आम्दानी गरको बैंकले ५ अर्ब ८ करोड मात्र ब्याज खर्च गरेको छ । 


बैंकले खराब कर्जा समेत घटाएर ०.५५ प्रतिशतमा सीमित गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७४.६८ प्रतिशत, कोषको लागत ४.७५ प्रतिशत तथा आधार ब्याजदर ७.७८ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ५०.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.२७ गुणा छ ।



आठ अर्ब चुक्ता पूँजी रहेको बैंकको जगेडाकोषमा दश अर्ब रुपैयाँ राखेको छ । बैंकले समीक्षा अवधिमा १ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब कर्जा परिचालन गरेको छ ।

नविल बैंक नाफा

विशेष