अर्थ बैंकिङ

डलर अहिलेसम्मकै सर्वाधिक महंगो

डलर अहिलेसम्मकै सर्वाधिक महंगो

काठमाडौँ । अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महंगो भएको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको पनि अवमूल्यन हुँदा डलर सर्वाधिक महंगो भएको हो ।  



शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १ सय १२ रुपैयाँ ५५ पैसा तिर्नुपर्ने भएको छ । यो हालसम्मकै उच्च हो । डलर महंगो भएसंगै नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । 



गत सोमबार एक अमेरिकी डलरको विनिमयदर १ सय १२ रुपैयाँ २० पैसा पुगेको थियो । नेरु र भारुबीच स्थिर विनिमयदर रहेकाले भारु कमजोर हुँदा त्यसको सिधा असर नेपाली रुपैयाँमा पर्ने गरेको छ। 



अमेरिका र चीनबीचको व्यापारमा देखिएको तनावका कारण  कमजोर बन्दै गएको भारुलाई टर्कीको संकटले थप कमजोर बनाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 



अमेरिकाले स्टिल र अल्मुनियममा लाग्दै आएको भन्सार महसुल दोब्बर बनाएसँगै टर्कीको अर्थतन्त्रमा समस्या देखिएको हो । यसले टर्कीको मुद्रा लिरा पनि अवमूल्यन भएको सामाचारहरू प्रकाशित भएका छन् । यसको असर युरोपेली बैंकहरूमा पनि पर्न सक्ने अनुमान उनीहरूको छ ।

विशेष