विदेशबाटै नेपालमा चल्ने गाडीको टिकट काट्न सकिने
काठमाडौं । नेपालमा अनलाईनबाट बस टिकट बिक्री गर्दै आएको बससेवा डटकम र थाइल्यान्डको ट्राभल कम्पनी टुवेल्भ गो गु्रपबीच अनलाइन बस टिकट विक्री गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतासँगै टुवेल्भ गो गु्रपको उपस्थिती रहेका सबै मुलुकबाट नेपालका अधिकांश गन्तव्यको बस टिकट अनलाइनबाटै काट्न मिल्ने भएको हो ।
सम्झौतापत्रमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनाल र टुवेल्भ गो गु्रपका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एलेक्सी एबोलमासोभले हस्ताक्षर गरे ।\
सम्झौतासँगै टुवेल्भ गो गु्रपको सेवा रहेका थाइल्यान्ड, भारत, मलेसिया, सिंगापुर भियतनाम, फिलिपिन्स्, कम्बोडिया, लाओस, म्यानमार लगायत देशबाट नेपालका विभिन्न गन्तव्यको टिकट काट्न सकिने भएको हो ।
यो सम्झौताबाट ती मुलुकमा रहेका नेपाली र नेपाल घुम्न आउने पर्यटकले विदेशबाटै यहाँको टिकट काट्न सक्ने भएका हुन् । सम्झौतापछि बससेवा डटकमका सिइओ पीआर खनालले नेपालको पर्यटन विकासको लागि यो सम्झौता महत्वपूर्ण हुने बताए । बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो ।
अनलाईन बस टिकट