अर्थ शेयर

यस साता ४४ लाखको हाराहारीमा शेयर खरीद बिक्री

यस साता ४४ लाखको हाराहारीमा शेयर खरीद बिक्री

काठमाडौं । धितोपत्र बजारमा यस साता एक अर्ब १७ करोड ७५ लाख ७१ हजार बराबरको शेयर कारोबार भएको छ । 

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल ४४ लाख २१ हजार ९५० कित्ता शेयर खरीद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १७ दशमलव ८४ प्रतिशत कम हो । 

 

गत साता १८५ कम्पनीको ४५ लाख दुई हजार चार सय ५० कित्ता शेयर एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार मूल्यमा खरीद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव ७९ अंकले घटेर अन्तिम दिन एक हजार १७८ दशमलव ५० अंकमा पुगेको छ । 

 

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ५४ अंकले घटेर २४८ दशमलव ९९ अंकमा आइपुगेको छ । यस साता कारोवार रकमको आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको छ करोड ६१ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । 

 

यस्तै कारोबार भएको सेयरका आधारमा पनि सोही बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख १३ हजार कित्ता शेयर खरीद बिक्री भएका थिए । यस साता नेपाल स्टक एक्सचेन्जको कारोवार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोवार भएन । 


 

नेपाल स्टक एक्सचेञ्ज शेयर कारोबार

विशेष