फेरि छाता महात्म्यः (फोटोफिचर)
काठमाडौं । निर्वाचनताक प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको छाता उनका सहयोगीले बोकिदिएको फोटोले चर्चा कमाएको थियो ।
अहिले फेरि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेललेको छाता उनका सहयोगीले समाइदिएको फोटो सार्वजनिक भएको छ । म्यान्मारका राष्ट्रपति विन मिन्तले आफ्नो छाता आफै ओढेका छन् भने नेपालका रक्षामन्त्रीलाई अरुले ओढाइदिनु परेको छ । केही महिनाअगाडि पर्यटनमन्त्री रवीन्द्र अधिकारीको त छाता मात्रै होइन कोट पनि उनका अंगरक्षकले बोकिदिएको भिडियो क्लिप सार्वजनिक भएको थियो ।
राजसंस्था हुँदा राजाको जुत्ताको तुनासमेत सहयोगीले बाँधिदिनु पथ्र्यो । त्यो शैलीलाई कम्युनिष्टहरुले सामन्ती पारा भन्दै आलोचना गर्थे । त्यो सामन्ती पारामा अहिलेका कम्युनिष्ट नेताहरु पनि फसिसकेको भनेर टिप्पणी भइरहेको छ । जबकी विश्वका शीर्ष नेताहरुले आफ्ना निजी कामहरु आफै गर्ने गरेको तस्वीरहरु सार्वजनिक भएका छन् ।