अर्थ शेयर

दोहोरो अङ्कले बढ्यो शेयर बजार

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ ।  शेयर बजार आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजार आज नयाँ विन्दुमा पुगेको हो । 

 

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४।१३ विन्दुले बढेर एक हजार २४४।८४ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३।४७ विन्दुले बढेर २६४।२७ विन्दुमा पुगेको छ । आज कारोवार रकममा समेत वृद्धि भएको छ । 

 

 

कूल १७३ कम्पनीको २७ लाख ११ हजार ११० कित्ता शेयर रु ७२ करोड ९८ लाख पाँच हजार ५४६ मूल्यमा खरीद–बिक्री भएको छ । आज तीन उपसमूहको शेयर मूल्य भने घटेको छ । निर्जीवन बीमा ४१।४१, माइक्रोफाइनान्स ०।६९ र जीवन बीमा ११।१८ विन्दुले घट्दा बैंकिङ १६।२, होटल ३२।१९, विकास बैंक ११।२७, जलविद्युत् ४।५३, फाइनान्स २।२, उत्पादन २।०६ र अन्य उपसमूह २२।२९ विन्दुले वृद्धि भएको छ । 
 

शेयर बजार

विशेष