व्यापार अर्थ कर्पोरेट ओटोमोबाइल समाज

५ अर्बको कारोबार गर्दै नाडा अटो शोले लियो विश्राम (भिडियोसहित)

५ अर्बको कारोबार गर्दै नाडा अटो शोले लियो विश्राम (भिडियोसहित)

काठमाडौंं । नाडा अटो शो करिब ५ अर्बबराबरको कारोबार गरेर एक वर्षका लागि विश्राम लिएको छ । 


गत भदौ २६ देखि ३१ गतेसम्म सञ्चालन भएको अटो शोमा करिब ६५ हजार दर्शकले अभिरुचिपूर्वक गाडी, मोटरसाइकलसहित गाडीसित सम्बन्धित सामग्री स्थलको अवलोकन गरेका थिए । 


नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोबल एक्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजद्वारा आयोजित अटो शोमा दुई र चार पाङ्ग्रे गरी दुई हजार चार सय गाडी बुकिङ भएको बताइएको छ ।  


नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले नेपाली जनमानसमा सवारीसाधन चढ्ने आकांक्षा जर्वजस्त रहेकाले शोमा दर्शकहरूको आगमन उल्लेख्य भएबाट ठाउँअनुसार आयोजकलाई व्यवस्थापन गर्न मुस्किल परेको र यदि प्रदर्शनीस्थल ठूलो भएको भए दर्शकको संख्या अझ बढ्ने बताए । प्रदर्शनीमा १९ ब्रान्डका चार पाङ्ग्रे तथा २० ब्रान्डका दुई पाङ्ग्रे भेहिकल राखिएको थियो ।


नाडा अटो शोको उद्घाटन कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण लिएर गाडी नचढ्नुस भनी दिएको सल्लाहलाई शो हेर्न आएका कतिपय आगन्तुकले अर्थमन्त्रीको उक्त भनाई अव्यहारिक भएको बताएका थिए । उनीहरूको भनाइमा ऋण नलिकन गाडी चढ्न गाह्रो हुने बरु बिस्तारै आफूले कमाएर ऋण तिर्दै जाँदा सजिलो हुनेछ ।  

 


 

 


 

 


 

 


 

नाडा

विशेष