सुन प्रतितोला ५८ हजार रुपैयाँ
काठमाडौं । मंगलबार छापावाल सुन प्रतितोला ५८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन भने ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यहि मूलयमा करोबार भएको थियो । विगत दुई दिनदेखि सुन चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।